९६ जना प्रहरी इन्स्पेक्टर र २६० असईको भर्ना खुल्यो

Posted on: 20 Oct, 2023

कार्तिक ३, काठमाडौँ | नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) पदमा भर्ना खुलाएको छ ।


प्रहरी मुख्यालयको भर्ना छनोट शाखाले शुक्रबार यी दुई पदमा दरखास्त आव्हानसहित सूचना निकालेको हो । जसअनुसार इन्स्पेक्टरमा ९६ जना र असईमा २६० जनाका लागि विज्ञापन निकालिएको हो । इन्स्पेक्टरतर्फ खुलामा ५२, अमर/अशक्त प्रहरी परिवारबाट २, महिला ९, आदिवासी/जनजाति १२, मधेशी १३, दलित ६ र पिछडिएको क्षेत्रबाट २ जना कोटा छुट्याइएको छ ।

असई खुलामा १४० जना भर्ना लिइँदैछ । त्यस्तै अमर/अशक्त परिवारबाट ५, महिला २३, आदिवासी/जनजाति ३६, मधेशी ३३, दलित १७ र पिछडिएको क्षेत्रबाट ६ जना कोटा तोकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!