२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धुलो दुध बनाउने कारखाना बन्द गर्दै नेस्ले

२०८०, ३ कार्तिक शुक्रबार ०६:३२

कार्तिक ३, काठमाडौँ | स्वीस बहुरार्ष्ट्रिय खाद्य उत्पादक कम्पनी नेस्लेले शिशुहरूका लागि धुलो दुध बनाउने आफ्नो एउटा कारखाना बन्द गर्ने योजना बनाएको छ । चीनको जन्मदरमा तीव्र कमी आइरहेको भन्दै कम्पनीले यस्तो निर्णय गरेको हो । चीनको जनसङ्ख्या संकटले पार्न सक्ने दूरगामी असरको यो एउटा नमुना मात्रै हो ।


आयरल्यान्डको आस्केटनमा रहेको धुलो दूध बनाउने कारखाना बन्द गरिने कम्पनीले बुधबार बताएको हो । सो कारखाना बेच्न अहिले कम्पनीले क्रेता खोजिरहेको छ । क्रेता भेटिएन भने चाहिँ सन् २०२६ को पहिलो त्रैमासमा कारखाना ठप्पै पारिनेछ । सो कारखानाले विशेषगरी एसियाली बजारका लागि धुलो दुध उत्पादन गर्दै आएको छ । चीनको जनसङ्ख्यामा आएको कमीले पश्चिमी देशहरूलाई कसरी प्रभावित पार्ला भन्नेतर्फ यो नयाँ अन्तरदृष्टि हो ।

वृद्ध जनसङ्ख्यामा भइरहेको वृद्धिले यस अघि नै चीनको अर्थतन्त्रमा दबाब सृजना गर्न थालिसकेको छ । खुम्चिँदै गइरहेको जनशक्ति दीर्घकालमा आर्थिक र सामाजिक स्थिरतामा खतरा उत्पन्न गराउने हो कि भन्ने चिन्ताले यतिबेला नीति निर्माताहरुलाई सताउन थालेको छ । सन् २०१६ मा चीनमा १ करोड ८० लाख शिशु जन्मिएकोमा यो वर्ष यो सङ्ख्या घटेर ९० लाखमा झर्ने अनुमान गरिएको नेस्लेले एक विज्ञप्तिमा भनेको छ । शिशुका लागि धुलो दुधमा चीन विदेशी बजारमा निर्भर रहँदै आएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल