भूकम्पको लगातार सातौँ झट्का, धादिङको खरी केन्द्रविन्दु (अपडेट)

Posted on: 22 Oct, 2023

कात्तिक ५, काठमाडौँ । काठमाडौँ सहित आसपास जिल्लामा भूकम्पको लगातार झट्का महसुस भइरहेको छ । आइतबार बिहान करिब ७ बजेर ३९ मिनेटमा भूकम्पको पहिलो धक्का महसुस भएको  थियो । लगलै केहि मिनेटको अन्तरालमा भुकम्पको पराकंप महसुश भईरहेको छ ।

धादिङको खरी आसपास केन्द्रबिन्दु बनाई ६.१ रेक्टर स्केलको भुकम्प गएको हो । त्यस यता लगातार भुकम्पको झड्का महसुस भईरहेको छ । दशैंको अष्टमीका दिन घर-घरमा खसी बलि दिने तरखरमा रहेका बेला भुकम्पको महशुस भएपछि घर बाहिर निस्किएका थिए । लगातार भुकम्पको पराकंपको कारण त्रासको अवस्था सिर्जना भएको छ ।

भुकम्पको धक्का काठमाडौँसहित गण्डकी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!