कात्तिक ६, काठमाडौँ । भोलि विजयादशमी अर्थात दशैंको महत्वपूर्ण टिकाको दिन । कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइने टिकाको पहिलो साइत मंगलबार ११ बजे २ मिनेट जाँदा उत्तम छ ।
विजयादशमीमा दिनभर मान्यजनबाट टीका-प्रसाद ग्रहण गरिन्छ । टिका सुरु गर्ने सबैभन्दा उत्तम साइत बिहान ११:०२ बजेको उत्तम रहेको छ । दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व भव्य रुपमा मनाउँछन् ।
दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
विजयादशमी, जसलाईभारत मा दशहरा भन्ने गरिन्छ । नेपालमा दसैँलाई सबैभन्दा ठूलो चाडको रुपमा मानिन्छ ।