मनाङ एयर दुर्घटनामा घाइते भएका पाइलट सेढाईंको निधन

Posted on: 25 Oct, 2023

कात्तिक ८, काठमाडौँ । मनाङ एयर हेलिकोप्टरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ । 

गत असोज २७ गते सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा हिजो भारतमा निधन भएको हो । नाइन– एन–एएनजे हेलिकप्टर असोज २७ गते सोलुखुम्बुमा दुर्घटनामा परेको थियो ।


दुर्घटनामा गम्भीर घाइते भएका सेढाईंलाई काठमाडौंको ह्याम्स अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो ।

हेलिकोप्टर दुर्घटनामा पाइलट सेढाईंको शरीरको ४५–५० प्रतिशत भाग जलेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!