मौसम: देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

Posted on: 30 Oct, 2023

कार्तिक १३, काठमाडौँ | मौसम विज्ञान विभागले देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ । दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना रहेको हो ।

राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!