अब नागरिक एपबाटै लाइसेन्स देखाउन सकिने

Posted on: 30 Oct, 2023

कात्तिक १३, काठमाडौँ | तपाईंले सवारी चालक अनुमतिपत्र साथमा बोक्नु भएको छैन तर ट्राफिक प्रहरीको चेकजाँचमा पर्नुभयो भने पनि अब चीट काट्ने छैन । नागरिक एपमा तपाईको लाइसेन्स विवरण राख्नुभएको छ भने अब त्यसले मान्यता पाउने भएको छ ।

नागरिक एपमार्फत लाइसेन्स देखाउँदा मान्यता निदएर सक्कल नै मागने गरेकोमा अब त्यसो नपर्ने सरकारले जनाएको छ । नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापीरुपमा कार्यन्वयनमा आएको नागरिक एपको फेसबुक पेजमा उल्लेख छ ।

यो व्यवस्था आजैदेखि कार्यन्वयनमा आएको भन्दै एपमा लाइसेन्स लिंक गर्न समेत आग्रह गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!