प्रधानाध्यापक हत्या प्रकरण: नेपाली मोटरसाइकल प्रयोग भएको खुलासा

Posted on: 31 Oct, 2023

कार्तिक १४, बारा | प्रधानाध्यापक हत्या प्रकरणबाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि नेपाली नम्बरप्लेटको मोटरसाइकल प्रयोग गरेर गोली प्रहार भएको पाएको छ।

प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि अज्ञात समूहले नेपाली मोटरसाइकलमा सवार भएका सुटरले टाउको र छातीमा गोली हानेको प्रहरीले स्रोतले जनाएको छ।


उनको हिन्दू पराम्पराअनुसार आज बिहान अन्त्येष्टि गरिएको छ। मोटरसाइकलमा सवार दुईजना व्यक्तिले बाल एकता बोर्डिङ स्कुलनजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।

घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको छ। हत्यामा संलग्न भएको आरोपमा बारा प्रहरीले ३ जना भारतीयसहित ७ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!