लामो समयदेखि बक्यौता नतिरेको भन्दै विद्युत् प्राधिकरणले काटिदियो केन्द्रीय कारागारको बिजुली

Posted on: 31 Oct, 2023

कार्तिक १४, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय कारागार, सुन्धाराको विद्युत् लाइन काटिदिएको छ ।

लामो समयदेखि तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै मंगलबार प्राधिकरणका कर्मचारीले विजुलीको लाइन काटिदिएका हुन् ।


कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलका अनुसार, कारागारजस्तो संवेदनशील ठाउँ विजुली कटौती हुँदा राति कुनै घटना भए समस्या हुने स्थिति सिर्जना भएको छ ।

केन्द्रीय कारागारको सबै ब्लकमा गरेर अहिले ३५ सय भन्दा बढी कैदीबन्दी छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि सुनकाण्डका कैदी चुडामणि उप्रेती ‘गोरे’ पनि केन्द्रीय कारागारमै छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!