गाजाका नागरिकहरुको जीवन रक्षाका लागि संयुक्त राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र

Posted on: 31 Oct, 2023

कात्तिक १४, काठमाडौँ । गाजाका नागरिकहरुको जीवन रक्षाका लागि संयुक्त राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले संयुक्त राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र बुझाएको छ । मंगलबार समाजले गाजामा नागरिकहरुको जीवन रक्षाको लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र बुझाएको हो । 

शान्ति समाजका केन्द्रीय अध्यक्ष रामकृष्ण बरालले हमासको आतंकवादी क्रियाकलापले मानव सभ्यताको उल्लङ्घन भएको भन्दै राष्ट्रसंघका महासचिवलाई विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको बताए । 


उनले भने, ‘हामी शान्तिका लागि यहाँ उभिएका छौं । हाम्रो चासो आतंकवादी हमासको क्रियाकलापले मानव सभ्यतालाई कहाँ पुर्याउँछ भन्नेमा हो, त्यसमा सचेत रहन महासचिवको ध्यानकर्षण गराएका छौं ।’

समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले इजरायलको बर्बरता र हमासको आतंक दुवैले विश्व शान्तिका लागि खतरा पैदा भएको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकारको सम्मान गर्न भन्दै मानवताविरुद्धको अभियान बन्द गर्न आग्रह गरे । 

उनले भने, ‘इजरायलको बर्बरता र हमासको आतंक दुवै विश्व शान्तिका लागि खतरा छ । हामी इजरायलाई आग्रह गर्दछौं, अन्तर्राष्ट्रिय मानव अधिकारको सम्मान गर्नुहोस् मानवता विरुद्धको अभियान बन्द गर्नुहोस् । गाजाका ११ लाख मानिसलाई बस्ती छोड्ने र अस्पताल खाली गर्ने यो सबै मानवताविरुद्धको अभियान र विद्युत औषधि कटौटी गर्ने जस्ता काम रोक्नुपर्छ ।’

उनले संयुक्त राष्ट्रसंघलाई आक्रमणलाई रोक्न एवं विपीन जोशीसहित बन्धक बनाएएका सबैलाई रिहा गर्न आग्रह गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!