नक्कली सर्टिफिकेट बनाएको आरोपमा एक जना पक्राउ

Posted on: 31 Oct, 2023

कार्तिक १४, काठमाडौँ | कक्षा १२ को नक्कली सर्टिफिकेटहरू बनाएको आरोपमा ग्राफिक डिजाइनिङ एण्ड प्रिन्टिङ सर्भिसका सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ का २३ वर्षीय साइरस विसंखे रहेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश जान लागेका व्यक्तिहरू शंकास्पद रहेको आशंकामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई कागजात पठाइएको थियो। 

कार्यालयमा आएको कागजातमध्ये राहुलकुमार मण्डलको सर्टिफिकेट नक्कली भएको पाइएपछि सञ्चालकलाई पक्राउ गरिएको हो। 

सञ्चालकलाई पक्राउ गरेपछि उनको प्रिन्टिङ सर्भिसमा खानतलासी गरेर मोबाइल र कम्प्युटर बरामद गरेर थप अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको कार्यालयले जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!