माफी पाएर छुटेका व्यक्ती अपहरणको धम्की दिँदै २५ लाख रुपैयाँ मागेको आरोपमा पक्राउ

Posted on: 31 Oct, 2023

कार्तिक १४, काठमाडौँ | गत गणतन्त्र दिवसमा अवसरमा ५० प्रतिशत कैद छुट पाएर जेलमुक्त भएका व्यक्ती फेरी पक्राउ परेका छन्।

चितवन प्रहरीले मकवानपुरको हेटौँडा स्थायी घर भई भरतपुर महानगरपालिका-९ बस्ने ५५ वर्षीय रामचन्द्र थापालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार थापाले अपरिचित नम्बरबाट फोन गर्दै कात्तिक ७ गते भरतपुर महानगरपालिका १ का एक व्यक्तिलाई २५ लाख रुपैयाँ मागेको र नदिए अपहरण गरेर ज्यान लिने धम्की दिएका थिए । थापा ४ डाँका मुद्दामा चार वर्ष ६ महिना ३ दिन जेल बसेर गत जेठमा छुटेका थिए ।

थापाविरुद्ध लागु औषध, हात हतियार तथा खरखजना, चोरी लगायत कसुरमा पनि यसअघि मुद्दा दर्ता रहेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!