स्रोत नखुलेको करिब पाँच लाख रुपैयाँसहित भारतीय युवक पक्राउ

Posted on: 01 Nov, 2023

कार्तिक १५, सिरहा | सिरहा प्रहरीले स्रोत नखुलेको करिब पाँच लाख रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुबनी ग्राम पञ्चायत सुगापट्टी- ११ बस्ने २९ वर्षीय सन्तोषकुमार महत्तो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।


मंगलबार साँझ सखुवानान्कारकट्टी गाँउपालिका- ५ स्थितमा इलाका प्रहरी कार्यालय महेशबारी सिरहाबाट खटिएको प्रहरी टोलीले ठाडीबाट लहानतर्फ गइरहेको अटोमा चेकजाँच गर्दा महत्तोको साथबाट श्रोत नखुलेको ४ लाख ९७ हजार ९ सय नेपाली रुपैयाँ बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।

युवकलाई रकमसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!