काठमाडौंको गोठाटारमा गोली चल्यो, ब्राउन सुगर र पेस्तोलसहित २ जना पक्राउ

Posted on: 01 Nov, 2023

कार्तिक १५, काठमाडौँ | काठमाडौंको गोठाटारमा गोली चलेको छ । प्रहरीले गोली प्रहार गरी एक भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूको साथबाट २ सय ग्राम ब्राउन सुगर र एउटा पेस्तोल बरामद भएको बुझिएको छ ।

प्रहरीले चलाएको एक राउन्ड गोली लागेर भारतीय नागरिक घाइते भएका छन्। उनलाई अस्पताल लगिएको छ।

लागू औषध कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा गोली चलाउनुपरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!