एकै महिनामा नेपाल भित्रिए १ लाख १७ हजार पर्यटक, कुन देशबाट कति आए ?

Posted on: 01 Nov, 2023

कार्तिक १५, काठमाडौँ | नेपाल घुम्न आउने पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार नेपाल घुम्न आउने पर्यटकहरुको संख्यामा किर्तिमान कायम भएको हो । बोर्डका अनुसार अक्टोबर महिनामै १ लाख १७ हजार पर्यटक भित्रिएका छन् ।

यसमध्ये सबैभन्दा धेरै छिमेकी भारतबाट १८ हजार ४८० जना पर्यटक भित्रिएका छन् । यस्तै, अमेरिकाबाट १४ हजार ८७९ जना, चीनबाट ८ हजार २७१ जना र बेलायतबाट ६हजार ८८० जना पर्यटक घुम्नलाई नेपाल आएका छन् ।

यस्तै यो महिना अष्ट्रेलियाबाट ६हजार ७५ जना, जर्मनीबाट ५ हजार ९१६जना र फ्रान्सबाट ५ हजार २२७ जना नेपाल आएका छन् । बंगलादेशबाट ४ हजार २९२ जना आउँदा श्रीलंकाबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ जना नेपाल घुम्न आएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!