श्रम स्वीकृतिलगायतका नक्कली कागजात बनाउने दुई जना पक्राउ

Posted on: 02 Nov, 2023

कार्तिक १६, काठमाडौँ | श्रम स्वीकृति लगायत नक्कली कागजात बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भई हाल काठमाडौँ बस्ने २३ वर्षीय अजित फेवाली र २१ वर्षीय विपिन ढकाल रहेका छन् ।


भिजिट भिसामा विदेश जानका लागेका व्यक्तिहरू शङ्कास्पद रहेको भन्दै गत कार्तिक १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको थियो । अनुसन्धानका क्रममा सुजल हेङ्गजुको नाममा श्रम स्वीकृति नक्कली पाइएको थियो । 

प्रहरीले यस क्रममा सोल्टिमोडमा रहेको वैदेशिक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट फेवाली र ढकाललाई पक्राउ गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!