बारामा महिला मृत फेला, हत्याको आशंका

Posted on: 02 Nov, 2023

कार्तिक १६, बारा | बारामा एक महिलाको शव भेटिएको छ। जितपुरसिमरा उपमहानगरपालिका- ६ मा महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमरा र जितपुरको टोली घटनास्थलमा पुगेको थियो।

महिलाको मुखमा चोटपटक लागेकोले हत्याको आशंका प्रहरीले गरेको छ। घटनास्थलको मुचुल्का तयार गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!