सर्वोच्चको फैसला सुनेपछि भक्कानिएर रोइन् भारती

Posted on: 02 Nov, 2023

कार्तिक १६, काठमाडौँ | सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’ लाई दिइएको आममाफी बदर गरेपछि निवेदक भारती शेर्पा भावविव्हल बनेकी छन् । फैसला सुनेलगत्तै उनी भक्कानिदै तल झरेकी थिइन् ।

डाँको छोडेर रोएकी उनलाई केही साथीले सम्हालेका छन् । न्याय माग्दै महिनौंदेखि काठमाडौं बसिरहेकी उनले मुद्दा जितेपछि सर्वोच्चको पेटी ढोगेकी छन् ।


ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले रिगललाई दिइएको आममाफी बदरको फैसला गरेको छ ।

२०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो । वर्षौं लगाएर पाएको न्याय छिन्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै भारती अनसनसमेत बसेकी थिइन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!