रेशम चौधरीको मुद्दाको अन्तिम सुनवाइ कार्तिक २३ गते हुने

Posted on: 03 Nov, 2023

कार्तिक १७, काठमाडौं | सरकारको सिफारिसमा कैद कटीसहित आम माफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनवाई अर्को साता हुने भएको छ । सर्वोच्च अदालतले सर्बश्वसहित जन्मकैदको फैसाला सुनाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको मुद्दाको अन्तिम सुनवाई कार्तिक २३ गते अन्तिम सुनवाई हुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी विरुद्ध ‘कैलाली नरसंहार’ मा मारिएका तत्कालीन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफन्तले दिएको मुद्दाको सुनवाई कार्तिक २३ गते हुन लागेको हो ।

कानुनी व्यावसायी राधिका खतिवडा लगायतका दर्जनौं कानुन व्यावसायीहरूले विधिको शासन स्थापित गराउन न्यौपानेको परिवारको पक्षबाट निःशुल्क वकालत गर्दै आएका छन । 

प्रहरी एसएसपी न्यौपानेसहित सो नरसंहारमा एक बालक हत्यासहित ९ जनाको हत्या गरिएको थियो । सो अभियोगमा तत्कालीन प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरी आफ्नो कार्यकालभर थुनिएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!