तस्वीरमा नेपालको जित

Posted on: 03 Nov, 2023

कार्तिक १७, काठमाडौं | यूएईलाई पराजित गर्दै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको छ।

मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा यूएईलाई आठ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो। नेपालको खेल हेर्न दर्शकको घुइँचो लागेको थियो।

नेपाल क्रिकेट संघ (क्यान)ले घरमै बसेर खेल हेर्न आग्रह गरेको थियो। तथापि मूलपानी क्रिकेट मैदान बाहिर पनि दर्शकको घुइँचो थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!