भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख सिंहको निधन

Posted on: 04 Nov, 2023

कार्तिक १८, काठमाडौँ | जाजरकोटमा गएराति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ ।

सदरमुकाम खलंगामास्थित घरमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए ।

घटनास्थलबाट उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो।

नलगाड नगरपालिका-८ मैदेकी सिंह स्थानीय तह २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी थिइन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!