१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भूकम्पबाट घाइतेका लागि नेपालगञ्जका अस्पताल तयारी अवस्थामा

१८ कार्तिक २०८०, शनिबार ०३:३२

कार्तिक १८, काठमाडौँ | भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा घाइते हुनेहरूको उद्धार भइरहँदा गम्भीर स्थितिका घाइतेको उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ । 

गम्भीर घाइतेका लागि आवश्यक बेड र चिकित्सक तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी, अस्पताल प्रमुख, अस्पताल विकास समितिका अध्यक्ष र चिकित्सकहरू घाइतेको उपचार व्यवस्थापनका लागि बिहानैदेखि जुटेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले घाइतेका लागि भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालका १०५ वटा बेड तयारी अवस्थामा राखिएको जनाए । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको उल्लेख गर्दै उनले पर्याप्त संख्यामा डाक्टर , नर्सिङ स्टाफ र अन्य प्रबन्ध मिलाइएको बताए । 

हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा बिमानस्थल र नेपाली सेनाका हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । रगत मौज्दात रहेको र अपुग भएमा ताजा रगत आपुर्तिका लागि रक्तदाता सुरक्षाकर्मीको ब्यवस्था मिलाईएको समेत पोखरेलले जानकारी दिए । 

जाजरकोटको रामीडाँडा केन्द्र भएर मध्यरातमा गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १२८ पुगिसकेको छ । एक सय ५३ भन्दा धेरै घाइते भएका छन् । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार