२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भूकम्पबाट घाइतेका लागि नेपालगञ्जका अस्पताल तयारी अवस्थामा

२०८०, १८ कार्तिक शनिबार ०३:३२

कार्तिक १८, काठमाडौँ | भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा घाइते हुनेहरूको उद्धार भइरहँदा गम्भीर स्थितिका घाइतेको उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ । 

गम्भीर घाइतेका लागि आवश्यक बेड र चिकित्सक तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी, अस्पताल प्रमुख, अस्पताल विकास समितिका अध्यक्ष र चिकित्सकहरू घाइतेको उपचार व्यवस्थापनका लागि बिहानैदेखि जुटेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले घाइतेका लागि भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालका १०५ वटा बेड तयारी अवस्थामा राखिएको जनाए । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको उल्लेख गर्दै उनले पर्याप्त संख्यामा डाक्टर , नर्सिङ स्टाफ र अन्य प्रबन्ध मिलाइएको बताए । 

हेलिकप्टरबाट आउने बिरामीको लागि राँझा बिमानस्थल र नेपाली सेनाका हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । रगत मौज्दात रहेको र अपुग भएमा ताजा रगत आपुर्तिका लागि रक्तदाता सुरक्षाकर्मीको ब्यवस्था मिलाईएको समेत पोखरेलले जानकारी दिए । 

जाजरकोटको रामीडाँडा केन्द्र भएर मध्यरातमा गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १२८ पुगिसकेको छ । एक सय ५३ भन्दा धेरै घाइते भएका छन् । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल