भूकम्पले तहसनहस जाजरकोट र रुकुमपश्चिम (तस्वीरहरू)

Posted on: 04 Nov, 2023

कार्तिक १८, काठमाडौँ | जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी १२८ जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते भएका छन् ।

गएराति ११ : ४७ बजे जाजरकोटको बारेकोट-१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युड गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा बढी क्षति पुगेको छ ।

भूकम्पले घरहरू भत्किएपछि नागरिकहरू बाहिर चौरमा बसेका छन् । अस्पतालहरू घाइतेले भरिएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ । मानिसहरु रातिदेखि नै खुला ठाउँमा बसिरहेका छन् । उनीहरुलाई राहत वितरणको प्रयास भइरहेको छ ।




यस बिषयमा तपाइको प्रतिक्रिया...!