बुद्ध एयरले भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने

Posted on: 04 Nov, 2023

कात्तिक १८, काठमाडौं | बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

शुक्रबार राति गएको भूकम्पपछिको उद्धार, राहत, उपचार र पुर्स्थापनामा खर्च गर्ने गरी बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

बुद्ध एयर एक विज्ञप्ति जारी गर्दै भने ‘हामी बुद्ध एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड रूपैयाँ सहयोग दिने निर्णय गरेका छौं ,’ साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि बचनवद्ध छौं |

यस बिषयमा तपाइको प्रतिक्रिया...!