रुसी राष्ट्रपतिद्वारा नेपालमा गएको भुकम्प र धनजनको क्षेतीप्रति दुःख व्यक्त

Posted on: 04 Nov, 2023

कात्तिक १८, काठमाण्डौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट  भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।


आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई आज शोक सन्देश पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सन्देशमा राष्ट्रपति पुटिनले नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!