डोटीमा बोलेरो गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ घाइते

Posted on: 05 Nov, 2023

कार्तिक १९, काठमाडौँ | डोटीमा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।भने ५ जना घाइते भएका छन् |

मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका– ५ कि राधिका मलाल, धनशोभा बुढा, धनशोभाका ६ वर्षीय छोरा कवीन्द्र बूढा र सोही ठाउँकी ८ वर्षीया प्रार्थना मलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनामा घाइते मध्ये २१ वर्षीया बिमला मलालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

अन्य घाइतेमा हिमाली गाउँपालिका– ५ का प्रकाश थापा, खोम मलाल, दान बूढा र राजु मलाल रहेका छन् । घाइतेहरूको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

धनगढीबाट बाजुरा जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो गाडी आज बिहान ३ बजेतिर डोटीको शिखर नगरपालिका–६ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको हो ।

गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी चालक गौमुल गाउँपालिका– ५ काडाकोटका महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!