विद्यालयमै झुण्डिएको अवस्थामा विद्यालयका प्रधानाध्यापक मृत फेला

Posted on: 05 Nov, 2023

कात्तिक १९, सिरहा | सिरहाको गोलबजार नगरपालिका ३ जमदहस्थित विद्यालयमै झुण्डिएको अवस्थामा एक शिक्षक फेला परेका छन् ।

सरस्वती माध्यमिक विद्यालयका शिक्षक सञ्जिव साह झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । विद्यालयका परिसरमा निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा उनी फेला परेका छन् ।


स्थानीयका अनुसार शिक्षक साह विद्यालय सहयोगीसँग माथि चढ्ने गेटको साँचो मागेर रिचार्ज कार्ड लिन पसल पठाएका थिए । सहयोगी आएर धेरैबेर उनलाई कुरेर बसे । तर नभेटेपछि खोज्ने क्रममा माथि पुग्दा शिक्षक साह झुण्डिएको अवस्थामा भेटिए ।

उनी विद्यालयका प्रधानाध्यापक थिए ‌। विहानै विद्यालय पुगेका उनी किन झुण्डिएको विषयमा केहि खुल्न सकेको छैन् । अहिले गोलबजारबाट प्रहरी घटनास्थल पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!