गृहमन्त्री सहित चार मन्त्री पुगे भूकम्पले क्षतिग्रस्त क्षेत्र

Posted on: 05 Nov, 2023

कात्तिक १९, काठमाडौँ | भूकम्प पीडितहरूको अवस्था बुझ्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री  मोहनबहादुर बस्नेत, भौतिक पूर्वाधार मन्त्री  प्रकाश ज्वाला र ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत सहितको टोली प्रभावित क्षेत्र पुगेको छ।

टोलीमा पूर्व मन्त्री  दिनानाथ शर्मा  र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल पनि रहेका छन्।

उनीहरु स्वास्थ्य टोली लगायतको टोली स्वास्थ्य सामग्री सहित रुकुम पश्चिम र जाजरकोट प्रस्थान गरेका थिए। बिहान बसेको मन्त्रिपरिषद्‌को बैठकपछि उनीहरु प्रभावित क्षेत्रमा पुगेका हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!