एनआईसी एशिया बैकले भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख सहयोग गर्ने

Posted on: 05 Nov, 2023

कात्तिक १९, काठमाडौँ | एनआईसी एशिया बैंकले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको छ ।

जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराउने घोषणा गरेको हो ।

शुक्रवार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मात्रै १५७ जनाको मृत्यु भइसकेको छ, भने डेढ सयभन्दा धेरै घाइते उपचाररत छन् ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६४५ एटीएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!