१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भूकम्पबाट ११ जिल्ला प्रभावित, १५७ को मृत्यु, २५६ घाइते

१९ कार्तिक २०८०, आईतवार ०८:३१

कात्तिक १९, काठमाडौं | जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा ११ जिल्ला प्रभावित भएका छन् । भूकम्पमा परि हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ ।  एघार जिल्लाहरू क्रमशः जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान भूकम्पबाट प्रभावित बनेको गृह मन्त्रालयले जनाएको छ । 


मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका अनुसार केन्द्रबिन्दु जाजरकोटमा मात्रै एकसय ५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । आज १२ बजेसम्मको अवस्था अनुसार भूकम्पमा परि दुई सय ५६ जना घाइते भएका छन् । भूकम्पले ९ सय ३२ घरमा पूर्ण क्षति र दुई हजार आठसय ३८ वटा घरमा आंशिक क्षति भएको छ ।

जाजरकोटमा मात्रै एक सय १२ जना घाइते, ९ सय ५ वटा घरमा पूर्ण क्षति र दुई हजार ६ सय ८५ घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिममा भने ५२ जनाको मृत्यु, एक सय ३२ जना घाइते भएका छन् । रुकुम पूर्वमा १९ वटा घरमा आंशिक क्षति भएको छ । सल्यानमा भने दुई जना घाइते भएका छन् भने २५ वटा घरमा पूर्ण क्षति र ९७ वटा घरमा आंशिक क्षति भएको छ । 

मन्त्रालयका अनुसार रोल्पामा एक जना, दैलेखमा तीन जना, बैतडीमा तीन जना र जुम्लामा तीन जना घाइते भएका छन् । नवलपरासी पूर्व, दैलेख, दाङ र प्युठानमा क्रमश : एक–एक, ६ र २९ वटा घरहरूमा आंशिक क्षति पुगेको छ । दैलेख र बैतडीमा भने एक÷एक घरमा पूर्ण क्षति भएको छ । 

भूकम्प प्रभावित जिल्लामा नेपाल प्रहरीका आठ सय ७४ जना, सशस्त्रका चार सय ८५ जना र सेनाका दुई सय दुई जना परिचालित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार