१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बरालसँगको विवाह-सम्झौता कुनै कानूनी डकुमेन्ट होईन, मेरो विवाह गर्ने योजना छैन: एआईजी चन्द

१९ कार्तिक २०८०, आईतवार ११:४१

कात्तिक १९, काठमाडौँ | पछिल्लो समय सामाजिक अभियन्ता तारा बराल चर्चामा छिन् । उनी नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्दसँगको सम्बन्धको कारण चर्चामा छिन् । उनीहरुबीचको सम्बन्धको रहस्य हालै सार्वजनिक भएको एक कागजी सम्झौताले उजागर गरेको थियो ।

सार्वजनिक भएको उक्त लिखित सहमतिअनुसार उनीहरुबीच विवाह गर्ने समझदारी भएको बताईएको थियो । तर, सहमति भएको दुई दिन बित्न नपाउँदै पूर्व आईजी चन्दले उक्त लिखित सहमतिबारे मुख खोलेका छन् । उनले उक्त सहमति कुनै कानूनी डकुमेन्ट नभएको दाबी गरेका छन् ।

उनले उक्त सहमतिपत्र सञ्जय, तारा बराल र एक वकिलले लेखेको जिकिर गरेका छन् । उनले उक्त सहमति–पत्रको कानूनी हैसियत नै नभएको बताउनुले तारासँगको विवाह गर्ने सहमति नभएको स्पष्ट हुन्छ । मिडियाले तारा बराललाई जे पायो त्यही लेखेको हुनाले त्यसलाई खण्डन हुने डकुमेन्ट लेख्ने सहमति भएको उनको स्पष्टोक्ति थियो ।

उनले आफूले विवाह गर्ने कुनै योजना नै नबनाएको जिकिर गरेका छन् । उनले बरु छोराछोरीको विवाह गर्ने बेला भएको पनि सुनाएका छन् । विवाह दर्ता त पालिका र स्थानीय प्रशासनमा हुने कुरा भएको उल्लेख गर्दै कागजमा विवाह नहुने भन्दै तारा बरालसँगको विवाह गर्ने सहमति केही पनि नभएको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार