१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेनुकाको प्रस्तुतिपछि महेश भावविह्वल देखिए महेश भट्ट

१९ कार्तिक २०८०, आईतवार ११:४९

कात्तिक १९, काठमाडौँ | इन्डियन आइडलमा नेपाली गायिका मेनुका पौडेलको दमदार प्रस्तुतिको गति रोकिएको छैन । शनिबार बेलुका उनको प्रस्तुतिमा बलिउड निर्देशक महेश भट्टले पनि आफूलाई सम्हाल्न सकेनन् । प्रस्तुतिपछि महेश भावविह्वल देखिए ।

पछिल्लो एपिसोडमा मेनुकाले भट्टकै निर्देशन रहेको सन् १९९८ को चर्चित फिल्म ‘जख्म’को गीत ‘गली मे आज चाँद निस्का’ गीतले जज र दर्शकलाई मन्त्रमुग्ध तुल्याएकी थिइन् ।


महेशका लागि यो गीत र फिल्म किन पनि विशेष छ भने यो फिल्म महेशकी आमा सिरिन मोहम्मद अलीको जीवनमा आधारित छ । फिल्ममा महेशकै छोरी पूजा भट्टले आमाको भूमिका निर्वाह गरेकी छन् ।

मेनुकाले उक्त गीत गाउँदा महेशसहित जजहरु श्रेया घोषाल, विशाल दिदलानी भावविह्वल देखिन्थे । उनीहरुले मेनुकालाई स्ट्यान्डिङ ओभेसन पनि दिए । प्रस्तुतिपछि स्टेजमा पुगेर महेशले मेनुकालाई अँगालो हाले र टाउकोमा चुम्बन पनि गरे ।

‘मेरो जिन्दगीको आफ्नो कथा यसमा कैद छ । हामीले यो फिल्ममा त्यो हिन्दुस्तान चित्रण गरेका छौं, जसले मिलिजुली बस्नुपर्छ भन्ने कुराको सेलिब्रेसन गर्छ । मलाई आज यकिन भएको छ कि एउटा आँखा हृदयभित्र पनि हुन्छ । जसबाट तपाईंले संसारलाई देख्नुहुन्छ । छोरी जुन चन्द्रमा तिमीले देखाएकी छौ, त्यो चन्द्रमा त कहिल्यै देखेको छैन,’ मेनुकाको प्रस्तुतिको प्रशंसा गर्दै महेशले भने ।

जज श्रेया घोषालले मेनुकाले गाएको गीतको अन्तरालमा गहिराइ रहेको बताइन् । नेपाली गायिका पौडेलले यतिबेला इण्डियन आइडलको अन्तिम १५ मा प्रतिस्पर्धा गरिरहेकी छन् । सुरुदेखि नै उनको प्रस्तुतिले राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ । सुरुमै उनले गोल्डेन माइक समेत जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार