रोमानियामा अस्ताए तेह्रथुमका पर्शुराम गिरि

Posted on: 05 Nov, 2023

कत्तिक १९, काठमाडौँ । रोमनिया रोजगारमा पुगेका तेह्रथुमका ३२ बर्षिय पर्शुराम गिरिको दुर्घटनामा परि निधन भएको छ । 


करिब डेढ बर्षअघि रोमानिया पुगेका गिरिको भदौ ३० गते बिहान सनिबार डिउटी गरिरहेको अवस्थामा बिपरित दिशाबाट आएको कारले ठक्कर दिएको थियो । घाइते अवस्थामा रहेका गिरिलाई तत्कालनै हस्पिटल लगिएको थियो । घाइते अवस्थामै डेढ महिनासम्म कोमामा रहेका गिरिको उपचारको क्रममा कात्तिक १३ गते सोमबार निधन भएको छ । पोलारिस एम होल्डिङ कोस्टान्टामा कार्यरत गिरि काठमाडौको बानेश्वरमा रहेको बिएम ओभरसिज मेनपावरबाट रोमानिया रोजगारमा गएका थिए । 

मृतक गिरिको आमा-बुबा, श्रीमती र ९ बर्षकि एक छोरी रहेका छन् । रोमानियामा नेपाली दुतावास नभएको कारण गिरीको शव नेपालसम्म पुर्याउन केहि समय लाग्ने बताइएको छ । कम्पनीले उक्त शवलाई सबै प्रक्रिया मिलाएर छिटो भन्दा छिटो नेपाल पठाउने तयारी गरिरहेको जानकारी पत्रकार रमेश बस्नेतले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!