भूकम्प पीडितहरुलाई एमाले बागमती प्रदेश संसदीय दलले ५ लाख सहयोग दिने

Posted on: 06 Nov, 2023

कार्तिक २०, हेटौडा | एमाले बागमती प्रदेशको संसदीय दलले जाजरकोट भूकम्प पीडितहरुका लागि सहयोग रकम उपलब्ध गराउने भएको छ । भूकम्पमा परि जनधन गुमाएका जाजरकोट र रुकुम पश्चिमका नागरिकको पुनःस्थापनाका लागि ५ लाख ७० हजार उपलब्ध गराउँने निर्णय गरेको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए । 

एमाले बागमती प्रदेश संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पदाधिकारीका तर्फबाट उक्त रकम सरकारको राहतकोषको खातामा जम्मा गर्ने निर्णय भएको उनले बताए । 

विपतमा परेका नागरिकहरुलाई थोरै भएपनि आआफ्नो स्थानबाट सहयोग गरिनुपर्ने महसुस गर्दै तत्काललाई उक्त रकम उपलब्ध गराउने निर्णय नेता थपलियाको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!