२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

श्रीमतीको शव खाल्डोमा गाडेर खोजिदिन प्रहरीमा उजुरी दिने विक पक्राउ

२०८०, २० कार्तिक सोमबार ०६:०२

कार्तिक २०, काठमाडौँ | गत २३ जेठमा प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेमा शंखरापुर नगरपालिका– २ का ३४ वर्षीय लालु विकले श्रीमती गोपी विकको खोजीपाउँ भनी निवेदन दिए। कसैलाई जानकारी नदिई श्रीमती बेपत्ता भएको उनको हुलिया निवेदन थियो। प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा केही पत्ता लगाउन सकेन।

करिब एक महिनापछि लालु आफैँ हराउँछन्। जसले घटना थप रहस्यमय हुन्छ। उनी भारत गएको प्रहरीले सूचना पाउँछ। निरन्तर पिछा गरिरहने क्रममा उनी गत ५ कात्तिकमा नेपाल आएको प्रहरीले पत्ता लगाउँछ। प्रहरी वृत्त बौद्धको टोलीले उनलाई पक्राउ गरी कार्यालय लैजान्छ। सोधपुछ गर्दा उनले धेरै समय ढाँट्न सक्दैनन्। आफूले नै श्रीमतीलाई हत्या गरी खाल्डोमा गाडेको स्वीकार्छन्। 


बौद्ध वृत्तका डिएसपी राजु पाण्डे नेतृत्वको टोली उनलाई लिएर शव गाडेको भनिएको ठाउँमा पुग्छ। जहाँ खन्दा गोपीको शव फेला पर्छ। पाँच फिट गहिरो खाल्डोमा पुरेको शव कुहिएको अवस्थामा बरामद गरी प्रहरीले पोस्टमार्टमका लागि पुर्‍याउँछ। घरासयी विवादमा उनले श्रीमतीको हत्या गरी खाल्डोमा गाडेको र घटना लुकाउन हराएको भन्दै निवेदन दिएको प्रहरी अधिकारीहरू बताउँछन्। 

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार १७ जेठमा उनले श्रीमतीको हत्या गरेका हुन्। हत्यापछि शव बोरामा बाँधेर मोटरसाइकलमा राखी घरबाट करिब डेढ किलोमिटरमा रहेको देउराली सामुदायिक वनमा लगेर उनले गाडेका थिए। घटना लुकाउन शव बेपत्ता बनाउने उद्देश्यले त्यसरी गाडेका थिए। पछि डराएर भारत गए। नोयडास्थित एक होटेलमा एक महिना काम पनि गरे। पछि दसैँमा नेपाल आउँदा उनी पक्राउ परेका हुन्। 

सुरुमा उनले घटना लुकाउन खोजे पनि प्रहरी अनुसन्धानपछि वास्तविकता बताएका हुन्। घटनाको चार महिनापछि पक्राउ परेका उनलाई बौद्ध वृत्तले थुनामा राखी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको छ। बयानमा पनि उनले अपराध स्वीकार गरेको बौद्ध वृत्तका डिएसपी पाण्डेले बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल