क्रिकेट खेल्दा वीरगञ्जका मेयर सिंहको हात भाँचियो, उपचारका लागि काठमाडौँमा

Posted on: 06 Nov, 2023

कार्तिक २०, वीरगञ्ज | वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह क्रिकेट खेल्दा घाइते भएका छन् । 

महानगरमा भएको मैत्रिपूर्ण प्रतियोगितामा मैदानमा लडेका उनको हात भाँचिएको छ । नेपाल प्रहरी र सामुदायिक सेवा केन्द्रबीच शनिबार मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भएको थियो । मेयर सिंह सामुदायिक सेवा केन्द्र टीमबाट खेलेका थिए ।


ब्याटिङ गर्ने क्रममा रन लिँदै गर्दा लडेपछि उनको दाहिने हात भाँचिएको हो । तत्काल नारायणी अस्पताल भर्ना गरिएकोमा मधुमेह र उच्च रक्तचापका बिरामीसमेत रहेकाले उनको उपचार त्यहाँ सम्भव भएन ।

त्यसपछि थप उपचारका लागि उनलाई काठमाडौं लगिएको छ । मेयर सिंहको हातको शल्यक्रिया गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!