२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राजश्व हिनामिनामा पर्साका तत्कालीन ५ मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८०, २० कार्तिक सोमबार ०९:२७

कार्तिक २०, काठमाडौँ | जग्गा किनबेचबाट उठेको राजस्व हिनामिना गरेको अभियोगमा पर्सा मालपोतका तत्कालीन ५ अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारद्वारा विशेष अदालतमा दायर मुद्दामा राजस्व हिनामिनामा संलग्न आरोप लागेका एक नायव सुब्बाको भने मृत्यु भइसकेकाले ४ छोराले मुद्दा खेप्नुपर्ने भएको छ ।

अख्तियारले तत्कालीन अधिकृतहरू हरिनारायण मिश्र, भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी तथा तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरुद्ध मुद्दा दायर गरेको हो ।

तत्कालीन नासु किरणप्रसाद उपाध्यायको भने मृत्यु भइसकेकोले अंशियार छोराहरू राजकिशोरप्रसाद, गौतमप्रसाद, पशुपतीप्रसाद र मुरारीप्रसादलाई प्रतिवादी बनाइएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । नासु र श्रीमतीको समेत मृत्यु भइसकेकाले बिगो रकम ५ करोड ५५ लाख १९ हजार ९७५ दामासाहीले असुल उपर गराउने प्रयोजनार्थ उनीहरूलाई विपक्षी बनाइएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारका अनुसार उनीहरूले ७१/७२ रजिष्ट्रेसन फाँटका कर्मचारीसँगको मिलेमतोमा जग्गा किनबेचका क्रममा उठेको रजिष्ट्रेशन दस्तुर र पूँजीगत लाभकर बैंकमा जम्मा नगरी एउटै रजिष्ट्रेशन नम्बर राखेर लिखत पारित गरेका छन् ।

प्रतिवादीमध्ये सबैभन्दा बढी तत्कालीन अधिकृत हरिनारायणसँग २ करोड ९ लाख ३१ हजार ६४७ रूपैयाँ बिगो मागिएको छ छ । त्यस्तै भुपबहादुरबाट एक करोड ४९ लाख ६९ हजार १४५ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

अन्यबाट पनि उनीहरूको हस्ताक्षरबाट पारित भएका लिखतबाट संकलित भई जम्मा नगरिएको राजस्व रकमबराबरको बिगो मागिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल