नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

Posted on: 07 Nov, 2023

कात्तिक २१, काठमाडौं | नागरिक लगानी कोषको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न अर्थ मन्त्रालयले दरखास्त आह्वान गरेको छ ।

कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।

कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गरेर २१ दिनभित्र आवेदन दिन आह्वान गरेको छ । कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा गोप्य शिलबन्दी आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

दरखास्तसाथ शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, वैयक्तिक विवरण र दुई प्रति पासपोर्ट साइजको फोटो तथा व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । आवेदनका साथ अर्थ मन्त्रालयको राजश्व खातामा पाँच हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचर पनि पेस गर्नुपर्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!