१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा पटक–पटक समस्या, मर्कामा सेवाग्राही

२१ कार्तिक २०८०, मंगलवार १०:१९

कार्तिक २१, काठमाडौँ |  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअतर्गत वैदेशिक रोजगार विभागको प्रणाली बलियो नहुँदा अनलाइनबाट प्रदान भइरहेका सेवामा समस्या आइरहेको पाइएको छ ।विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालयले प्रणालीमा समस्या आउने गरेको स्वीकारेको छ ।

वैदेशिक रोजगार विभागले अनलाइनबाट श्रम स्वीकृति लिने, मेडिकल रिपोर्ट लिने र ओरिएन्टेसनलगायत व्यवस्था मिलाएको छ । यसको कार्यान्वयन वैदेशिक रोजगार कार्यालयले गरिरहेको छ ।

यो प्रणालीमा समस्या आउँदा अनलाइनबाट श्रम स्वीकृति दिने काम रोकिएपछि सेवाग्राहीहरू समस्यामा परेका हुन् । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले प्रणाली पुरानो भएकाले अहिले चाप बढ्दा समस्या आउने गरेको बताए ।


“२०६४/०६५ सालतिर बनाएको प्रणाली हो । अहिले विदेशिनेको संख्या बढ्यो, सेवाग्राही बढे । प्रणालीमा चाप बढेका कारण समस्या आउने गरेको छ,” विभागका महानिर्देशक दाहालले भने ।

उनले अब नयाँ सिस्टम बनाउने प्रक्रिया अघि बढेको बताएका छन् । अहिले पनि काम ठप्पै नभएको तर कहिलेकाहीँ काम रोकिने समस्या आउने गरेको र समाधान भइरहेको उनले बताए ।

केही सेवाग्राहीले समयमै श्रम स्वीकृति नपाउँदा विदेशको टिकट नै रद्द गर्नुपर्ने स्थिति आएको गुनासो गरेका छन् ।

विभागले भने श्रम स्वीकृतिका लागि दैनिक तोकिएको कोटा पूरा भइरहेको बताउँदै टिकट नै रद्द गर्ने स्थिति आएको नहुन सक्ने बताएको छ ।

बरु श्रम स्वीकृति नलिई पहिले नै आफैँ टिकट काट्ने काम प्रक्रियागत नभएको विभागको एक अधिकारीको भनाइ छ ।

वैदेशिक रोजगार कार्यालयका निर्देशक एवं सूचना अधिकारी मेघनाथ अधिकारीले पनि सिस्टममा समस्या आउने गरेको स्वीकारेका छन् । बेलाबेला विभागले सिस्टम सम्भार गर्ने र अपडेट गर्ने काम गर्ने गरेको उनको भनाइ छ ।

सफ्टवेयरको सबै ह्यान्डलिङ विभागले गर्ने र कार्यालयले कार्यान्वयन मात्रै गर्ने उनले बताए । उनले पनि विदेश जानेले श्रम स्विकृति नपाएर वा सिस्टमको समस्याका कारण टिकट नै रद्द गर्नुपर्ने स्थिति नआएको हुन सक्ने बताए ।

रोजगार कार्यालयका निर्देशक अधिकारीले भने, “टिकट क्यान्लिस गर्‍यौँ भन्ने विषयमा एउटा सिस्टम ‘स्लो’ त हो । अर्काेतिर दैनिक वितरण हुने एक हजार ४५० टोकन व्यक्तिगत शाखाबाट प्रत्येक पूरा हुने गरेको छ । हाम्रो जति वटा कोटा छ, त्यो पूरा भएको छ । सिस्टम स्लो भएको हुनाले अलि ढिलाइ भएको हो । कोटा प्रतिदिन १,४५० हो, त्यो पूरा हुने गरेको छ ।”

केही दिनअघि विभागको प्रणालीमा समस्या आएर पूर्णरूपमा बन्द नै भएको र अहिले भने समस्या समाधान भइसकेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार