भूकम्प प्रभावितका लागि चीन सरकारले थप २६ करोड दिने

Posted on: 07 Nov, 2023

कार्तिक २१, काठमाडौँ | भूकम्प प्रभावितहरूको राहतका लागि चीन सरकारले थप २६ करोड रुपैयाँको सहयोग गर्ने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले मंगलवार सामाजिक सञ्जालमार्फत जाजरकोट भूकम्पबाट प्रभावित बनेकाहरूका लागि थप २६ करोड रुपैयाँको सहयोग गर्ने जानकारी दिएका हुन् ।भूकम्प प्रभावितहरूको राहतका लागि उक्त सहयोग प्रदान गरिएको उनले बताएका हुन् ।

यस्तै, चीनको रेडक्रस सोसाइटीले १ लाख अमेरिकी डलर भूकम्पपीडितका लागि उपलब्ध गराउने राजदूत सोङ्ले जानकारी दिएका छन् ।

यसअघि चीनले १० करोड मूल्य बराबरको राहत सामग्री नेपाल पठाएको थियो ।

गत शुक्रवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि चीन सरकारले १० करोड मूल्य बराबरका सामग्री नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!