स्रोत नखुलेको को २६ लाख ५७ हजारसहित इन्द्रचोकबाट २ जना पक्राउ

Posted on: 08 Nov, 2023

कार्तिक २२, काठमाडौँ | प्रहरीले स्रोत नखुलेको २६ लाख ५७ हजार नगदसहित इन्द्रचोकबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको गेरूवा गाउँपालिका–२ घर भएर जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल छन् ।

उनीहरुलाई मंगलबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) कुमोध ढुंगेलले रा बताए । प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले सोडारीको साथबाट नगद बरामद गरेको हो । सो रकम अभिषेकले दिएको बयानका आधारमा उनि पनि पक्राउ परेका हुन् ।

घटनारबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!