रौतहटमा महिलाको मृत्युको विषयमा स्वास्थ्यकर्मी पक्राउ

Posted on: 08 Nov, 2023

कार्तिक २२, काठमाडौँ | रौतहटमा बिरामीको मृत्यु भएको विषयमा प्रहरीले एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाले स्वास्थ्यकर्मी इन्द्रदेव यादवलाई पक्राउ गरेको हो । २० कात्तिकमा पाठेघरको समस्या लिएर अस्पतालमा उपचार गर्न आएकी गरुडा नगरपालिका–८ कि ३० वर्षकी नुरजहान खातुनको अपरेशन गरिएको थियो ।

तर अपरेशनपछि रक्तश्राब नरोकिएपछि उनको २१ कात्तिकको अपरान्ह ५ बजे उक्त अस्पताले वीरगञ्ज पठाएको थियो । वीरगञ्जको मेट्रोसिटी अस्पतालमा चेकजाँच गराउँदा बिरामीको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

महिलाको उपचारमा संलग्न पाइएका यादवलाई पक्राउ गरेर अनुसन्धान गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!