१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आफूलाई पत्नी स्वीकार नगरेको र मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता भण्डारी विरुद्ध श्रीमतीद्वारा उजुरी

२२ कार्तिक २०८०, बुधबार १२:०७

कार्तिक २२, काठमाडौँ | आफूलाई पत्नीको रुपमा स्वीकार गर्न इन्कार गरेको र उल्टै ज्यान मार्ने धम्की दिएको भन्दै बरिष्ठ अधिवक्ता डा. सुरेन्द्रराज भण्डारी विरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ ।

कानुन व्यवसायी समेत रहेकी जानकी पाण्डेले मंगलबार आयोगमा उजुरी दर्ता गरेकी हुन् । उनले भण्डारीमाथि सुरक्षा निगरानी गर्न र आफ्नो, सन्तान तथा नातेदारको जिउज्यानको सुरक्षा गर्न माग गरेकी छन् ।

१९ माघ २०७४ मा आफूहरुबीच सामाजिक परम्परा अनुसार विहे भएको, त्यसपछि एकसाथ बस्दै आएको तर पछिल्लो समय पटकपटक विवाह दर्ताका लागि अनुरोध गर्दा भण्डारीले इन्कार गरेको उजुरीमा उल्लेख छ ।


‘विवाह भएको ६ महिनासम्म हाम्रो राम्रो सम्बन्ध थियो, विवाह दर्ता गर्न अनुरोध गर्न थालेपछि सम्बन्धमा दरार देखिन थालेको हो’, उजुरीमा भनिएको छ, ‘पछि पारिवारिक रुपमा नातेदार जम्मा भई विवाद समाधानको उपायवारे छलफल गर्दा उहाँले मेरो हत्या गर्ने धम्की दिनुभयो ।’

बीचमा वरिष्ठ अधिवक्ता भण्डारीले विवाह दर्ताको फारम भरेर हस्ताक्षर समेत गरेको तर वडा कार्यालयमा सनाखत गर्न नगएको, त्यसपछि दुवै पक्षले सनाखत नगरेको भन्दै वडाले विहे दर्ता गर्न अस्वीकार गरेको उजुरीमा उल्लेख छ ।

उजुरी अनुसार, ज्यानमार्ने धम्की आएपछि जानकीले आफूले शान्ति सुरक्षाको माग गरी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन् । छानबिनका सिलसिलामा जिल्ला प्रहरी परिसरले बोलाउँदा समेत वरिष्ठ अधिवक्ता भण्डारी प्रहरी कार्यालयमा नगएको उजुरीमा उल्लेख छ ।

६ वर्षदेखि आफूहरु पतिपत्नीको रुपमा रहेको, विभिन्न निकाय तथा अन्य कामका सिलसिलामा प्रयोग भएका कागजातमा पतिपत्नीका रुपमा आफूहरुको नाम समावेश भएको तर विवाहदर्ता नगरिदिएको उजुरीमा उल्लेख छ ।

निवेदनमा उनले भनेकी छन्, ‘मेरा पति डा.सुरेन्द्र भण्डारीले मसँग विवाह दर्ता गर्न अस्वीकार गर्दा मेरो महिला अधिकार हनन भएकाले उनलाई कानुन बमोजिम कारवाही गरी विवाह दर्ताका लागि सम्बन्धित निकायलाई निर्देशन जारी गरिपाँऊ ।’

विवाह भएको मितिमा बिहे दर्ता गर्न इन्कार गरी महिला अधिकार हनन गरी श्रीमतीको नातालाई अन्यथा प्रमाणित गर्न खोजेको भन्दै पाण्डेले परम्परागत रुपमा विहे भएको मितिमै आफूले दर्ता प्रमाणपत्र पाउनुपर्ने माग गरेकी छन् ।

आफूलाई श्रीमतीको अधिकारबाट विमुख गरी भण्डारीले अन्याय गर्न खोजेको भन्दै उनले आयोगमा आफ्नो निवेदनमाथि तत्काल सम्बोधन गरिदिन माग गरेकी छन् ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पनि आफ्नै पत्नी जानकी पाण्डेले उजुरी हालेको स्वीकार गरे । ‘मेरो श्रीमतीजीले नै म विरुद्ध उजुरी हाल्नुभएको हो । हामीहरु पतिपत्नी भएकोमा विवाद छैन, तर बिहेको मितीवारे विवाद छ’, उनले भने, ‘त्यसबाहेक अरु कुनैपनि आरोप सत्य होइन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार