मौसम: केही भूभागमा वर्षा र हिमपातको सम्भावना

Posted on: 09 Nov, 2023

कार्तिक २३, काठमाडौँ | जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

विभागका अनुसार देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहने छ ।

दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागको मौसम सफा रहनेछ ।

पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागको मौसम सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेकाे छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!