२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीको सहयोग

२०८०, २३ कार्तिक बिहीबार ०२:५२

कार्तिक २३, काठमाडौँ | जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीले सहयोग गरेका छन् । व्यक्तिगत तथा सङ्घसंस्थामार्फत सङ्कलित रकम भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको छ । 

कलाकारको छाता संस्था नेपाल चलचित्र कलाकार सङ्घको तर्फबाट रु ३९ हजार आठ सय ३१ कोषमा जम्मा गरिएको अध्यक्ष मोहन निरौलाले जानकारी दिए । उनले भने, “पीडितको घाउमा मल्हम लगाउने सानो प्रयास गरेका छौँ ।”

चलचित्र निर्माताको संस्था नेपाल चलचित्र निर्माता सङ्घको तर्फबाट उक्त कोषमा रु एक लाख सहयोग गर्ने अध्यक्ष नवल खड्काले जानकारी दिए । उनले भने, “हामी सबैले आ–आफ्नो स्थानबाट सहयोगी भावना देखाउनु आवश्यक छ । निर्माता सदस्यलाई पनि सहयोगका लागि अपिल गरेका छौँ ।”

चलचित्र निर्माता सन्तोष सेनले उक्त कोषमा रु ६१ हजार पाँच सय सहयोग गरेको जानकारी दिए । यस्तै गायक सुनिलसिंह ठकुरीले नेपालगञ्जमा यही कात्तिक २४ गते हुने ‘रक अन फेस्टिभल सेलिब्रेसन विथ सुनिलसिंह ठकुरी’ नामक साङ्गीतिक कार्यक्रम (कन्सर्ट)बाट प्राप्त हुने आम्दानी कोषलाई सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल