२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आज दिउँसो आइपुग्दै सन्दीपका वकिल घिमिरे

२०८०, २३ कार्तिक बिहीबार ०७:११

कार्तिक २३, काठमाडौँ । राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ बिहीबार काठमाडौं जिल्ला अदालतमा सुरु हुँदैछ। उक्त मुद्दाको फाइनल पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ।

सन्दीपको पेशीका लागि उनका मुख्य कानुन व्यवसायी सरोजकृष्ण घिमिरे आजै काठमाडौं आइपुग्ने भएका छन्। घिमिरे अहिले १२ बजे काठमाडौं आइपुग्ने सन्दीप स्रोतले जनाएको छ।

सम्भवत: उनी एयरपोर्टबाटै सिधै अदालत जानेछन्।


सर्वोच्च अदालतले गत फागुनमा १५ मानै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंमा विभिन्न कारण देखाउँदै मुद्दा निरन्तर लम्बिरहेको छ। २०७९ कात्तिकमा दर्ता भएको मुद्दाको फैसला सुनुवाइ पेसी निरन्तर सर्दा दुबै पक्ष मानसिक रूपमा नै कमजोर बन्दै गएका छन्।

यसअघि सुनुवाइमा ढिलो भएको भन्दै लामिछानेले राष्ट्रिय टोलीबाट खेल्न अस्वीकार गरेका थिए। विश्वकप टी-२० एसिया छनोटमा उनको उत्कृष्ट प्रदर्शनमा नेपाल विश्वकपमा छनोट भएको थियो।

कानुन व्यवसायी घिमिरे अन्तर्राष्ट्रिय बार एसोसिएसनको सम्मेलनमा सहभागी हुन फ्रान्सको पेरीस पुगेका थिए। त्यसपछि अन्य केही कार्यक्रमहरूमा समेत सहभागी भएपछि उनी बिहीबारको सुनुवाइ भ्याउने गरी १२ बजे काठमाडौं उत्रिन लागेका हुन्।

सन्दीप स्रोतले भन्यो, ‘फाइनल बहस सुरु भएको खण्डमा घिमिरे सन्दीपको बहसका लागि आइपुग्नु हुने छ। पहिले वादी पक्षको वहसपछि प्रतिवादीको बहस हुने छ। मुद्दाको सुनुवाइ सुरु भएमा घिमिरेले बहस भ्याउने विश्वास हामीलाई छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल