१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आज दिउँसो आइपुग्दै सन्दीपका वकिल घिमिरे

२३ कार्तिक २०८०, बिहीबार ०७:११

कार्तिक २३, काठमाडौँ । राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ बिहीबार काठमाडौं जिल्ला अदालतमा सुरु हुँदैछ। उक्त मुद्दाको फाइनल पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ।

सन्दीपको पेशीका लागि उनका मुख्य कानुन व्यवसायी सरोजकृष्ण घिमिरे आजै काठमाडौं आइपुग्ने भएका छन्। घिमिरे अहिले १२ बजे काठमाडौं आइपुग्ने सन्दीप स्रोतले जनाएको छ।

सम्भवत: उनी एयरपोर्टबाटै सिधै अदालत जानेछन्।


सर्वोच्च अदालतले गत फागुनमा १५ मानै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंमा विभिन्न कारण देखाउँदै मुद्दा निरन्तर लम्बिरहेको छ। २०७९ कात्तिकमा दर्ता भएको मुद्दाको फैसला सुनुवाइ पेसी निरन्तर सर्दा दुबै पक्ष मानसिक रूपमा नै कमजोर बन्दै गएका छन्।

यसअघि सुनुवाइमा ढिलो भएको भन्दै लामिछानेले राष्ट्रिय टोलीबाट खेल्न अस्वीकार गरेका थिए। विश्वकप टी-२० एसिया छनोटमा उनको उत्कृष्ट प्रदर्शनमा नेपाल विश्वकपमा छनोट भएको थियो।

कानुन व्यवसायी घिमिरे अन्तर्राष्ट्रिय बार एसोसिएसनको सम्मेलनमा सहभागी हुन फ्रान्सको पेरीस पुगेका थिए। त्यसपछि अन्य केही कार्यक्रमहरूमा समेत सहभागी भएपछि उनी बिहीबारको सुनुवाइ भ्याउने गरी १२ बजे काठमाडौं उत्रिन लागेका हुन्।

सन्दीप स्रोतले भन्यो, ‘फाइनल बहस सुरु भएको खण्डमा घिमिरे सन्दीपको बहसका लागि आइपुग्नु हुने छ। पहिले वादी पक्षको वहसपछि प्रतिवादीको बहस हुने छ। मुद्दाको सुनुवाइ सुरु भएमा घिमिरेले बहस भ्याउने विश्वास हामीलाई छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार