धनतेरसमा बिर्सेर पनि किन्न नहुने वस्तुहरू

Posted on: 09 Nov, 2023

कार्तिक २३, काठमाडौँ । हालैका वर्षहरूमा नेपालमा पनि धनतेरसलाई धूमधामसँग मनाउन लागिएको छ । यो दिनमा सबैले केही न केही किन्छन् । 

यो दिनलाई वर्षभरिमै खरदारी गर्नको लागि उत्तम दिन मानिन्छ । त्यसैले महिनौँदेखि यही दिनमा किन्ने भनेर मान्छेहरूले खरिदारी साँचेर राख्ने गरेको पनि भेटिन्छ ।

यो दिनमा गरगहना, बाहन, कुचो किन्दा देवी लक्ष्मीको कृपा सधैँ रहन्छ भन्ने मान्यता छ । धनतेरस हरेक वर्ष कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइन्छ । यो वर्ष धनतेरस नोभेम्बर १० को मध्याह्नदेखि नोभेम्बर ११ को मध्याह्नबिच छ । यो दिनमा प्रायःले केही न केही किन्छन् । तर यो दिनमा किन्न नहुने केही चिज पनि छन् । ती वस्तु किन्दा देवी लक्ष्मी रुष्ट हुने अनि घरमा दरिद्रता आउने बताइन्छ ।


सिसाको भाँडा : धनतेरसको दिनमा किन्न नहुने सामान भनेको सिसाको भाँडाकुँडा हो । यस्तो गर्दा देवी लक्ष्मी र धनका देवता कुवेर दुवै रिसाउने अनि घरमा दरिद्रता आउने बताइन्छ ।

फलामको वस्तु : धनतेरसको दिनमा फलामबाट बनेको सामान किन्नु चाहिँ फिटिक्कै हुन्न । विशेष गरी फलामले बनेको काट्ने वा धारिलो सामानहरू । फलामको सम्बन्ध राहु केतुसँग छ । यो दिनमा फलामले बनेको सामान किन्नु हुन्छ भने तपाईंमा अशुभ प्रभाव पर्छ ।

तेल–घ्यू : यो दिनमा विशेष गरी तेल वा घ्यू किन्नै हुन्न । यो दिनमा तेल किन्दा देवी लक्ष्मी रिसाउने बताइन्छ । अनि धन हानी हुने सम्भावना पनि बढ्छ । तपाईंलाई तेल वा घ्यू चाहिएको छ भने धनतेरसको एक दिन अगावै किन्नुस् । यो दिनमा नकिन्नुस् ।

कालो कपडा : यो दिनमा किन्नै नहुने अर्को वस्तु कालो कपडा पनि हो । कालो रंग शनिसँग सम्बन्धित छ । तपाईंले धनतेरसको दिनमा कालो कपडा किन्नु भयो भने तपाईंको कुन्डलीमा शनी देव हाबी हुने अनि तपाईंमाथि अशुभ प्रभाव पर्ने बताइन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!