एन्फा साधारणसभा : मतदान सुरु

Posted on: 09 Nov, 2023

कार्तिक २३, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को हेटौँडामा जारी विशेष साधारणसभामा मतदान सुरु भएको छ । केहीबेर अघि मतदान सुरु भएको हो ।

अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती सम्बन्धी निणर्यका लागि बिहीबार विशेष साधारणसभा आयोजना गरिएको हो ।


यसअघि अध्यक्ष नेम्वाङ र महासचिव राईको बर्खास्तीको माग गर्ने पक्षले विशेष साधारणसभा विधिसम्मत तरिकाले सञ्चालन नभएको आरोप लगाएपछि असहज स्थिति पैदा भएको थियो । 

उनीहरुले अध्यक्ष नेम्वाङ र महासचिव राईको अविश्वास प्रस्तावविरुद्ध मतदान सुरु हुनुअघि आफूले बोल्न पाउनु पर्ने माग राखेका थिए ।

विशेष साधारणसभामा सिधै मतदान गर्ने तयारी सुरु भएपछि अर्को पक्षले आफूहरुले बोल्न पाउनु पर्ने माग गरेका थिए । त्यसपछि सभा हलभित्र होहल्ला समेत भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!