२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भिजिट भिसामार्फत विदेश हिंडेका साढे ६ हजार बढीलाई फर्काइयो

२०८०, २३ कार्तिक बिहीबार ०८:४५

कार्तिक २३, काठमाडौँ । भिजिट भिसामार्फत विदेश  हिंडेका ६ हजारभन्दा बढीलाई प्रहरीले फर्काएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ वर्षको अवधिमा ६ हजार ६३७ जनालाई फर्काएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले २०७९ को वैशाख १ गतेदेखि हालसम्म असोजसम्म भिजिट भिसामार्फत विदेश जान लागेकालाई फर्काएको हो । जसमा ३४ जना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट रहेका छन् ।


कागजात हेर्दा भिजिट भिसामार्फत देखिए पनि उनीहरू वैदेशिक रोजगारीमा जाने मनसाय देखिएकाले फर्काउने गरिएको प्रहरीले जनाएको छ । ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले गत आर्थिक वर्ष २०७९/८० मा मात्रै ४ हजार ४७९ जनालाई विमानस्थलबाट फर्काएको बताए ।

भिजिट भिसामार्फत जान लागेकालाई कुन आधारमा फर्काउने गरेको भन्ने प्रश्नमा एसपी पङ्गेनीले भने, ‘मान्छे हेर्ने वितिक्कै थाहा भइहाल्छ । उसलाई सोधपुछ गर्दा जाने ठाउँ पनि थाहा हुँदैन । कुन होटेलमा बस्ने ? कुन–कुन ठाउँ घुम्ने लगायतका कुरा सोधपुछ गर्दा केही थाहा हुँदैन । त्यही आधारमा हामीलाई शङ्का लागेर थप सोधपुछ गर्दा आफ्नो सही कुरा भनिहाल्छन् ।’

उनीहरूलाई सोधपुछ गरेर आवश्यक काउन्सिलिङ गरेर घर फर्काउने गरिएको उनको भनाई छ । विमानस्थलमा ब्युरोले गत २०७९ वैशाख १ गतेदेखि भिजिट भिसासम्बन्धी हेर्दै आएको थियो ।

भिजिट भिसामार्फत जाने क्रम बढेपछि ब्युरो विमानस्थलमै खटिएको थियो ।  हाल विमानस्थल प्रहरीले हेर्न थालेपछि ब्युरो पछि हटेको हो ।

नेपालबाट भिजिट भिसामार्फत जाने अधिकांशको गन्तव्य दुबई हुने गरेको छ ।  दुबईबाट विभिन्न देशमा घरेलु कामदार तथा अन्य काममा पठाउने गरेको पाइएको एसपी पङ्गेनीले बताए । त्यसरी भिजिट भिसामा जानेमा धेरैजसो महिला छन् ।

उनीहरूलाई भिजिट भिसामार्फत पठाउने र त्यहाँ घरेलु कामदारको रूपमा काममा लगाउने गरेको देखिएको उनको भनाई छ ।

प्रहरीले विगत पाँच वर्षको अवधिमा ८६९ जनाविरुद्ध मुद्दासमेत दर्ता गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार अन्तर्गत मुद्दा दर्ता गर्ने गरेको हो ।

त्यस्तै सोही अवधिमा १ हजार २८६ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ । त्यसरी भिजिट भिसामार्फत खाडी मुलुकहरू दुबई, ओमान, कतार, कुवेत, बहराइन लगायतका देशमा बढी जाने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै अमेरिकी मुलुकहरू ब्राजिल, घाना, टर्की, माल्दोभा लगायतमा समेत जाने गरेको देखिएको छ । युरोपको हकमा अजरबैजान, सर्बिया, पोर्चुगल, टर्की, साईप्रस, रुस, बेलारूस, उज्बेकिस्तान लगायतका मुलुकमा बढी जाने गरेको देखिएको एसपी पङ्गेनीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल