मदिरा चोरेको भन्दै लाठी प्रहार गरी हत्या अभियोगमा थुनामा रहेका एक जनाको मृत्यु

Posted on: 09 Nov, 2023

कार्तिक २३, धनगढी । धनगढीमा मदिरा चोरेको भन्दै लाठी प्रहार गरेर हत्या अभियोगमा पक्राउ परी प्रहरीको थुनामा रहेका एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको मृत्यु भएको हो।

सोमबार दिउँसो मदिरा चोरीको आरोपमा स्थानीय व्यापारीसमेत रहेका सेट्टी सोही ठाउँका ३८ वर्षीय लालबहादुर थापालाई लाठी प्रहार गरेर हत्या गरेको अभियोगमा मंगलबार पक्राउ परेका थिए।

जिल्ला अदालत कैलालीबाट म्याद थपसमेत गरेर प्रहरीले अनुसन्धान थालेको थियो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुलदीप चन्दका अनुसार बिहीवार प्रहरीले उनलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो। 

सोही क्रममा बेहोस भएका सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो। 

उनको मृत्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!